२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डियाले पठायो युक्रेनमा रहेका भारतीयलाई फर्काउन विमान

२०७८, १० फाल्गुन मंगलवार ०७:००

फागुन १०, काठमाडौँ । युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेन गएको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान गएको हो।

एयर इन्डियाले युक्रेनबाट भारत आउने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरू मार्फत बुक गर्न सक्ने उल्लेख गरेको छ।

एयर इन्डियाले भारत र युक्रेन बीच तीनवटा विमान सञ्चालन गर्नेछ। आज भारतीय नागरिक  लिन एउटा विमान उडेको छ । अर्को दोस्रो विमान २४ फेब्रुअरी र तेस्रो विमान २६ फेब्रुअरीमा उड्नेछ ।

आज गएको विमान विशेष सेवाहरूमा प्रयोग हुने ड्रीमलाइनर बी-७८७ विमान हो। यो विमानमा २०० भन्दा बढी सिट छ। विमान आज राति युक्रेनबाट दिल्ली एयरपोर्ट फर्किनेछ।

रुसी राष्ट्रपति पुटिनले रुसी सेनालाई लुहान्स्क र डोनेस्कमा शान्ति कायम राख्न भनेका छन्। राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता स्वतन्त्र क्षेत्रको मान्यका दिएका छन् । यो आदेशपछि युद्धको डर झनै बढेको छ । यस्तो अवस्थामा सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार