२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी २४ घण्टाभित्रै रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्छ – अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

२०७८, ११ फाल्गुन बुधबार ०५:४९

फागुन ११, काठमाडौँ । एजेन्सी।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्ने बताएका छन्। उनले बुधबार आगामी २४ घण्टाभित्रै रुसले हमला गर्नसक्ने बताएका हुन्। 

बुधबार मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक राखेर प्रधानमन्त्री मरिसनले रुस-युक्रेनबीच बढ्दो तनावबारे छलफल गरेका थिए। त्यसपछि अष्ट्रेलियाले रुसमाथि 'यात्रामा प्रतिबन्ध' र विभिन्न आर्थिक नाकाबन्दी लगाएको छ। अष्ट्रेलियाले रुसको कदमलाई अनुचित र अस्वीकार्य भएको बताएको छ।

यसअघि नै अमेरिका र बेलायतले रुसमाथि नाकाबन्दी लगाइसकेको छ भने जर्मनीले पनि ग्यास पाइपलाइन प्रोजेक्टलाई स्थगित गरेको छ। यता अष्ट्रेलियाले अमेरिकाको पछि लाग्दै पाँच वटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाएको छ। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनबास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै त्यहाँ शान्ति कायम गर्न भनेर रुसी सेना पठाएका थिए। त्यस यता अहिले अन्तर्राष्ट्रिय राजनीतिको माहोल गरम भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से