४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी २४ घण्टाभित्रै रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्छ – अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

११ फाल्गुन २०७८, बुधबार ०५:४९

फागुन ११, काठमाडौँ । एजेन्सी।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्ने बताएका छन्। उनले बुधबार आगामी २४ घण्टाभित्रै रुसले हमला गर्नसक्ने बताएका हुन्। 

बुधबार मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक राखेर प्रधानमन्त्री मरिसनले रुस-युक्रेनबीच बढ्दो तनावबारे छलफल गरेका थिए। त्यसपछि अष्ट्रेलियाले रुसमाथि 'यात्रामा प्रतिबन्ध' र विभिन्न आर्थिक नाकाबन्दी लगाएको छ। अष्ट्रेलियाले रुसको कदमलाई अनुचित र अस्वीकार्य भएको बताएको छ।

यसअघि नै अमेरिका र बेलायतले रुसमाथि नाकाबन्दी लगाइसकेको छ भने जर्मनीले पनि ग्यास पाइपलाइन प्रोजेक्टलाई स्थगित गरेको छ। यता अष्ट्रेलियाले अमेरिकाको पछि लाग्दै पाँच वटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाएको छ। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनबास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै त्यहाँ शान्ति कायम गर्न भनेर रुसी सेना पठाएका थिए। त्यस यता अहिले अन्तर्राष्ट्रिय राजनीतिको माहोल गरम भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि