२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले मिसाइल मार्फत् आक्रमण गर्यो- युक्रेनी राष्ट्रपति

२०७८, १२ फाल्गुन बिहीबार ०६:३२

फागुन १२, काठमाडौँ । एजेन्सी ।  युक्रेनका राष्ट्रपति  भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् ।

उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएको थियो ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसले युक्रेनमा पूर्ण रुपमा आक्रमण सुरु गरेको जनाएका छन् ।

यसैबीच युक्रेनमा राष्ट्रिय सुरक्षा र रक्षा परिषदको आकस्मिक बैठक बोलाउने तयारी गरिएको बीबीसीले जनाएको छ । यो बैठकले देशमा सैन्य कानुन (मार्शल ल) लागू गर्ने निर्णय गर्न सक्ने अनुमान छ ।

देशमा युद्ध, विद्रोह वा प्राकृत्तिक विपत्तीको अवस्था आइपरेमा अस्थायी रुपमा मार्शल ल लागु गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से