४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किइभमा कर्फ्यू

१३ फाल्गुन २०७८, शुक्रबार ०५:३३

फागुन १३, काठमाडौं । रुसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ । नगरबासीलाई घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ । रुसले दोस्रो दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। बिहानैदेखि युक्रेनको राजधानी किइभमा आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय समय अनुसार, शुक्रबार बिहान ६ बजेदेखि नै रूसले आक्रमण थालेको छ। रूसी सैनिकहरू युक्रेनको राजधानी किइभ नजिक पुगेको जनाइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमि र जेलेन्स्कीले रुसी सैनिक राजधानी प्रवेश गरेको बताएका छन्।

रुसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ। नगरबासीलाई घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ।

युक्रेनको पूर्वि क्षेत्रमा भिषण आक्रमण भइरहेको जनाएको छ। युक्रेनी सेनामा पनि प्रतिक्षामा उत्रिएका छन्। रुसले उत्तरी र दक्षिणबाट पनि आक्रमण शुरू गरेको छ।

हजारौं युक्रेनी राजधानी किइभ छोडेर सुरक्षित स्थलतर्फ लागेका छन् । उनीहरू छिमेकी देश पोल्यान्ड र रोमानियातर्फ गएका छन्। राजधानीका धेरै जसो बासिन्दा भूमिगत मेट्रो स्टेशनमा आश्रय लिइरहेका छन्।

युक्रेनको सरकारले सर्वसाधारणलाई पनि लडाइमा उत्रिन आह्वान गरेको छ। स्वस्फुर्त रुपमा लडाइनमा उत्रिन चाहने नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने जनाएको छ।

युरोपियन युनियन, अस्ट्रेलिया र जापानले रुससँगको ब्यापारमा रोक लगाएका छन्। उनीहरूले ब्यांक, वित्तीय संस्था तथा कम्पनीलाई लक्षित गरेर रोक लगाएका हुन्।

त्यस्तै, पश्चिमा देशरूले युक्रेनलाई सहायता उपलब्ध गराउन भएका छन्। उनीहरूले सैन्य सहयोगसँगै मानविय सहायता पठाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सेली राष्ट्रपति इम्यानुल म्याक्रोनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेका छन्। उनले युक्रेनमाथिको आक्रमण तत्काल रोक्ने विषयमा कुराकानी भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण