२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

२०७८, १४ फाल्गुन शनिबार ०४:३४

फागुन १४, काठमाडौँ (रासस/सिन्ह्वा) । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गर्नुभएको छ । उहाँहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राख्नुभएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उहाँहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताउनुभएको हो ।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ ।

आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से