रुसी जहाज युरोपेली आकाशमा उड्न नपाउने

Posted on: 28 Feb, 2022

फागुन १७, काठमाडौँ । युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरुलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।

युक्रेनी नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!