रुसविरुद्ध लड्न तयार हुने विदेशी लडाकुका लागि यक्रेनी प्रवेश खुल्ला

Posted on: 01 Mar, 2022

फागुन १७, काठमाडौँ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी लडाकुका लागि प्रवेश खुल्ला गरेको छ । अब रुसविरुद्ध स्वयंसेवीका रुपमा लड्न तयार हुने विदेशीले युक्रेन पस्न पाउनेछन् ।

रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । युक्रेनले यूरोपेली युनीयन र अमेरिकाबाट ठूलो मात्रामा सैन्य सहयोग पाइरहेको छ ।

रुसी सैनिकले युक्रेनको राजधानी किभलाई घेरिसकेका छन् । सयौं सैनिक गाडी किभको सडकबाहिर लाम लागेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!