२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिसम्म युक्रेनमाथि जितको घोषणा गर्ने तयारीमा पुटिन, राजधानी किभको बाहिर ६४ किलोमिटरमा लडाकु गाडी

२०७८, १७ फाल्गुन मंगलवार ०७:३५

फागुन १७, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि एक हप्ताभित्र जितको घोषणा गर्ने लक्ष्य राखेर हमला गरेको खुलिसकेको छ । योजना अनुसार नै उनले २ मार्च अर्थात् भोलि जितको घोषणा गर्ने गरी रुसी फौजलाई युक्रेनभित्र घुसाएका छन् ।

अहिले युक्रेनको राजधानी किभको ठिक बाहिर ६४ किलोमिटरमा रुसी ट्यांक र सैन्य गाडी रहेको सेटलाइट तस्बिरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । सयौंको संख्यामा छिरेका ती सैन्य गाडीहरु किभ छिर्ने तयारीमा रहेको उल्लेख छ ।

यसअघि नै राजधानी किभभित्र सयौंको संख्यामा रुसी सैन्य गाडी छिरेर आक्रमण गरिरहेका छन् । रुसले स्थल, जल र वायुसेनामार्फत् आक्रमण गरिरहेको छ ।

युक्रेनमाथि हमलापछि रुसलाई यूरोपेली युनीयनका देश र अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई सैन्य सहयोग दिइरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नो फ्लाई जोन घोषणा गर्न अमेरिकालाई आग्रह गरेका छन् । तर, अमेरिकाले त्यो कदम रुससँग आफ्नो युद्धको घोषणा सरह हुने भन्दै मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार