९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिसम्म युक्रेनमाथि जितको घोषणा गर्ने तयारीमा पुटिन, राजधानी किभको बाहिर ६४ किलोमिटरमा लडाकु गाडी

१७ फाल्गुन २०७८, मंगलवार ०७:३५

फागुन १७, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि एक हप्ताभित्र जितको घोषणा गर्ने लक्ष्य राखेर हमला गरेको खुलिसकेको छ । योजना अनुसार नै उनले २ मार्च अर्थात् भोलि जितको घोषणा गर्ने गरी रुसी फौजलाई युक्रेनभित्र घुसाएका छन् ।

अहिले युक्रेनको राजधानी किभको ठिक बाहिर ६४ किलोमिटरमा रुसी ट्यांक र सैन्य गाडी रहेको सेटलाइट तस्बिरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । सयौंको संख्यामा छिरेका ती सैन्य गाडीहरु किभ छिर्ने तयारीमा रहेको उल्लेख छ ।

यसअघि नै राजधानी किभभित्र सयौंको संख्यामा रुसी सैन्य गाडी छिरेर आक्रमण गरिरहेका छन् । रुसले स्थल, जल र वायुसेनामार्फत् आक्रमण गरिरहेको छ ।

युक्रेनमाथि हमलापछि रुसलाई यूरोपेली युनीयनका देश र अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई सैन्य सहयोग दिइरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नो फ्लाई जोन घोषणा गर्न अमेरिकालाई आग्रह गरेका छन् । तर, अमेरिकाले त्यो कदम रुससँग आफ्नो युद्धको घोषणा सरह हुने भन्दै मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु