स्याटेलाइट तस्वीर: राजधानी कीवदेखि करिव २७ किलोमिटर टाढा छन् रूसी फौज

Posted on: 01 Mar, 2022

फागुन १७, काठमाडौँ । युक्रेन र रुसबीच तनाब जारी छ । यसैबीच रुस युक्रेनमाथि जित हाँशिल गरेको घोषणाको तयारीमा रहेको खुलेको छ । 

स्याटेलाइट-इमेजिङ कम्पनी म्याक्सार टेक्नोलोजीजद्वारा सार्वजनिक स्याटेलाइट इमेजमा देखिए अनुसार रूसको ठूलो फौज राजधानी कीवबाट लगभग २७ किलोमीटर टाढा एन्टोनोव हवाई अड्डासम्म पुगेका छन् । उक्त स्थानमा करिव ६५ किलोमिटर लामो सैन्य ट्रक र ट्यांक देखिएका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनको अनुसार यूक्रेनको बोर्डरमा रहेका रूसकाप्रतिशत सेना यूक्रेन प्रवेश गरेका छन् ।


यूक्रेनको सेनाका अनुसार रूसी सेनाले खार्किव र कीवको बीचमा रहेको ओख्तिर सहरमा एक मिलिट्री बेसमा गोलाबारी गरेको छ, जसमा कम्तिमा ७० यूक्रेनी सैनिक मारिएका छन् । साथै युक्रेनको दावी अनुसार हालसम्मको युद्धमा लगभग पाँच हजार ३०० रूसी सैनिक मारिएका छन् । यूक्रेनी सेनाहरुले लगभग १५१ ट्यांक, २९ विमान र २९ रुसी हेलिकप्टर ध्वस्त पारेको दावी गरेका छन्। यता संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यूक्रेनमा ९४ सर्वसाधारणको मृत्यु र ३७६ नागरिक घाइते रहेको पुष्टि गरेको छ ।


पुटिनको धम्कि 

यता, संसारका धेरै देशहरुले यूक्रेनलाई मिलिट्री इक्विपमेन्ट  पठाएर मद्दत गरेका छन् । रूसले ति देशलाई चेतावनी दिँदै ति हतियार रूसको बिरुद्ध प्रयोग भए, त्यसको जिम्मेवारी सहयोग गर्नेवालाहरुनै हुनेछन् । यस अघि पनि पुटिनले 

नाटोलाई यूक्रेनको साथ दिएमा त्यसको प्रतिफल भोग्नुपर्ने धम्कि दिएको थियो । त्यस्तै, फिनल्याण्ड र स्वीडनलाई नाटोमा शामिल नहुन चेतावनी दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!