२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४,००० वटा महँगा कार बोकेको पानीजहाज महासागरमा डुबेपछि…

२०७८, १८ फाल्गुन बुधबार १०:५८

फागुन १८, काठमाडौँ । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो।

फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४,००० वटा कार बोकेको थियो।

जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आगो लागेको थियो।

फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो।

सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन। यद्यपि उनले जहाजको इन्धन ट्याङ्कीमा क्षति पुगेको आशङ्का भएको बताए।

पानीमा डुबेको जहाज आन्ध्र महासागरभित्र झन्डै ३,५०० मिटर गहिराइमा पुगेको बताइएको छ।

पोर्चुगलको जलसेनाले जहाजमा आगलागी हुँदा कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीलाई उद्धार गरेर एउटा होटलमा लगिएको बताएको छ। जलसेना, सो क्षेत्रमा हिँडिरहेका चारवटा अन्य पानीजहाज र पोर्चुगलको वायुसेना उद्धारकार्यमा सहभागी भएका थिए।

कारनिर्माता कम्पनी फोक्सभागनका अनुसार उसले पठाएका कारको बीमा गरिएको थियो। रोएटर्सका अनुसार त्यसको कुल मूल्य १५.५ करोड डलरजति छ।डुबेको जहाजमा आफ्ना १८९ वटा कार भएको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका १,१०० वटा कार थिए।

एक ग्राहकले आफ्नो पोर्श कार पनि उक्त जहाजमा भएको बताएका छन्।अर्का एक व्यक्तिले आफूले फेरि अर्को कार अर्डर गरेको भन्दै ट्वीट गरेका छन्।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु