४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ- रुसी विदेशमन्त्री

१८ फाल्गुन २०७८, बुधबार १२:०१

फागुन १८, काठमाडौँ । रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे  लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।

मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’

उनले भनेका थिए, ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ । त्यसैले रुसले यो खतरालाई सफलतापूर्वक जवाफ दिनुपर्नेछ ।’ लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने पनि बताएका छन् ।

पछिल्ला दिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित थुप्रै देशले आलोचना गरेका थिए । तर युक्रेनमाथि सैनिक कारवाही सुरु गर्ने बेला पुटिनले यदि युक्रेनको मामिलामा कुनै बाहिरी देशले दखल दिए उसले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद