२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ- रुसी विदेशमन्त्री

२०७८, १८ फाल्गुन बुधबार १२:०१

फागुन १८, काठमाडौँ । रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे  लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।

मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’

उनले भनेका थिए, ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ । त्यसैले रुसले यो खतरालाई सफलतापूर्वक जवाफ दिनुपर्नेछ ।’ लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने पनि बताएका छन् ।

पछिल्ला दिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित थुप्रै देशले आलोचना गरेका थिए । तर युक्रेनमाथि सैनिक कारवाही सुरु गर्ने बेला पुटिनले यदि युक्रेनको मामिलामा कुनै बाहिरी देशले दखल दिए उसले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार