४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

२१ फाल्गुन २०७८, शनिबार ०४:४४

फागुन २१, काठमाडौँ । एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गर्नुभएको छ।

"प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ।" उहाँले भन्नुभयो ।

शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले शुरुमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए।


यद्यपि, पछि सार्वजनिक गरिएको CCTV फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ।

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रबार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ जुन यसले शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो।

उक्त आक्रमण स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो । पेशावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने र साम्प्रदायिक संगठनहरूको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा