यूएईमा महिलालाई दुर्व्यवहार गर्नेलाई एक वर्ष भन्दा बढी कैद, दश हजार दिर्हाम जरिबाना

Posted on: 06 Mar, 2022

फागुन २२, काठमाडौँ । महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईमा महिलालाई दुर्व्यवहार गर्नेलाई  एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ । यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको हो । 

यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्रोसिक्युशन-पीपी)ले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । यूएईको संघीय कानुन २०२१ को ३१ नम्बर अन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको हो ।

यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित ठाउँमा जाने वा त्यस्तो भेषमा पुरुषलाई निषेध गरिएको क्षेत्रमा गएमा पनि धारा ४१२ अनुसारकै कारबाही हुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!