२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै, प्रतिबन्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने जोखिम

२०७८, २३ फाल्गुन सोमबार ०६:३२

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।

रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ। गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

भीषण गोलाबारी

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि 'नो फ्लाई जोन' अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्।

सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेट मार्को रुबिओले नो फ्लाई जोनको अर्थ "तेस्रो विश्वयुद्धको शुरूवात" हुने सीएनएन टेलिभिजनसँग भने।

"नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ," उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।

तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार