२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा जमिन र समुद्रबाट रुसको हवाई आक्रमण

२०७८, २३ फाल्गुन सोमबार ०९:१९

फागुन २३, काठमाडौँ । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् ।

निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।

टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ । यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ  ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ ।  रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ । 

रुसको इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा सोमबार बिहान एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ । युक्रेनको खार्किभ एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रुसतर्फबाट भएको आक्रमणमा भवनहरु ध्वस्त हुनुको साथै कैयाँै व्यक्तिको ज्यान गएको छ । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृत्युको संख्याको बिरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनालाई एक सम्बोधनमा जानाजानी गरेको हत्या भन्नुभएको छ । ‘हामी माफ गर्दैनौं, भुल्ने छैनौं, हामी हाम्रो भूमिमा यो युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौं,’ उहाँले भन्नुभएको छ । उहाँले यो पृथ्वीमा चिहान बाहेक कुनै शान्त ठाउँ हुने छैन पनि भन्नुभएको छ ।  

यहाँ जारी रहेको करिब बाह्र दिनको लडाइँमा सयौं सर्वसाधारण मारिएका छन् र हजारौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी सङ्कट देखिएको जनाएको छ । युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् र उनीहरु शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन् । 

दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् । मानव पीडाको विनाशकारी दृश्यहहरु देखिएको छ । सहर छोड्ने एक परिवारले गर्मी वा बिजुली बिना एक हप्ता बिताएको र खाना र पानीको अभाव भएको वर्णन गरेका छन् । ‘सडकमा हामीले जताततै शवहरु देख्यौं, रुसी र युक्रेनीहरूलाई हामीले गाडिएको अवस्थामा पनि देख्यौं’ एक परिवारले बताएका छन् । 

किभ बाहिरको एउटा सानो सहर इरपिनका मेयरले दुई वयस्क र दुई बालबालिकालाई आफ्नो आँखै अगाडि गोली प्रहार गरेर हत्या गरेको आफूले देखेको बताएका छन् । यो निर्दयता हो र तिनीहरू राक्षस हुन् भनेर धेरैले रुसी सेनालाई भन्ने गरेका छन् । 

पश्चिमा सहयोगीहरूले रुसी अर्थतन्त्रलाई दबाउन र मस्कोलाई आक्रमण रोक्न दबाब दिन व्यवसाय, बैंक र अर्बपतिहरू विरुद्ध अभूतपूर्व प्रतिबन्ध लगाएका छन् । तर रुसी नेता भ्लादिमिर पुटिनले विश्वव्यापी प्रतिबन्धलाई युद्धको घोषणासँग तुलना गर्नुभएको छ । किभले युक्रेनी राज्यको भविष्यमाथि प्रश्न खडा गरिरहेको छ । 

रुसमा पनि युक्रेन आक्रमणको बिरूद्ध विरोध प्रदर्शन जारी छ । असहमति व्यक्त गर्नेहरुलाई कठोर सजायको बावजुद जारी प्रदर्शनको क्रममा १० हजार भन्दा बढी मानिसहरूलाई गिरफ्तार गरिएको छ । सोमबारको लागि तय गरिएको रुसी–युक्रेनी वार्ताको तेस्रो चरणको अपेक्षा कम मात्र रहेको बताइन्छ  ।

युक्रेनी राजधानीमा, किभमा सेनाहरु अपेक्षित रुसी आक्रमणको लागि तयारी गरिरहेका छन् ।  रुसी सेना अगाडि बढ्ने  बाटोमा विस्फोटकहरू रोप्ने काम गरिरहेका छन् । रुसी सेनाले बाटो पार गर्ने प्रयास गरे भने, युक्रेनीहरूले पुललाई उडाउँनेछन् । किभले पश्चिमलाई आफ्नो सैन्य सहयोग बढाउन आग्रह गरेको छ । मस्कोले युक्रेनका छिमेकीहरूलाई पनि सशस्त्र द्वन्द्वमा संलग्न हुन सक्ने भन्दै किभको सैन्य विमान होस्ट नगर्न चेतावनी दिएको छ ।

पश्चिमी सहयोगीहरुले किभलाई बलियो बनाउन युक्रेनमा हतियार, गोलाबारुद र कोषहरू खन्याएका छन् । युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रमा शुक्रबार रुसले गरेको आक्रमणपछि युक्रेनको आणविक स्थलहरूको सुरक्षाको बारेमा पनि निरन्तर चिन्ता भइरेहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु