२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के के हुन् युक्रेनले पूरा गर्नै नसक्ने रुसका मागहरु ?

२०७८, २४ फाल्गुन मंगलवार ०५:२९

फागुन २३, काठमाडौँ । रुसी फौजले सोमबार आफूले युद्ध विराम गर्ने र मानवीय उद्धार मार्गहरू खोलिदिने बताउँदै युक्रेनका सहरहरूका आवासीय क्षेत्रहरूमा व्यापक बमबारी र रकेट प्रहार कार्यलाई निरन्तरता दिइरहेको छ । रुस र युक्रेनबीचको पहिलो र दोस्रो शान्तिवार्ता विना निष्कर्ष टुङ्गिएका कारण सोमबार नै तेस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेन समक्ष आफ्नो सैनिक गतिविधि रोक्ने, तटस्थ मुलुक बनेर नेटो र ईयूमा प्रवेश गर्ने स्थिति रोक्न संविधान नै परिवर्तन गर्ने, क्रिमियालई रुसी भू–भागको मान्यता दिने र पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कको स्वाधिनतालाई मान्यता दिनेजस्ता मागहरू अघि सारेको जानकारी दिएका छन् । जुन मागहरू युक्रेनले सहजै मान्ने देखिँदैन ।

रुसले युक्रेनी राजधानी किभ, दक्षिण बन्दरगाह सहर मारिउपोल अन्य सहर खार्किभ र सुमी छाड्न युक्रेनी जनतालाई सुरक्षित मार्ग खोलाइदिन युद्ध विराम गर्ने वाचा गरेको थियो । 

युक्रेनका रक्षा सचिव एलेक्सी दानिलोभले भनेका छन्, “रुसले ग्रिन करिडोरका द्वार रोकी मानवीय उद्धार सामग्रीहरूको आपूर्ति हुन नदिएर सहमतिका कुराहरू उल्लंघन गरेको छ । उल्टो यस्तैबेला बरु रुसले स्थानीय वासिन्दा र कब्जा गर्नेहरूबीच हाँसीखुसी भेटघाट भइरहेको झुठो तस्बिर सार्वजनिक गरेको छ ।"

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले मानव विस्थापन गर्ने केही मार्गहरूले वास्तवमा सर्वसाधारणलाई रुस वा त्यसको गठबन्धन मुलुक बेलारुसतर्फ लाने भन्दै तिनीहरूलाई अस्वीकार गरेकी छन् ।

यसैबीच इटालीका प्रधानमन्त्री मारियो द्राघीले भनेका छन्, “आशा छ, नयाँ शान्ति वार्ताले युद्धको अन्त्य गर्ने छ । रुसले युक्रेनले आत्मसमर्पण नगरुन्जेल आक्रमण गरिरहने छ । सम्भवत: रुसले त्यहाँ आफूलाई पायक पर्ने सरकार बनाउने छ र प्रतिकारलाई दबाउने छ ।" यसैबीच एकजना ईयूका अधिकारीले सोमबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १७ लाख नाघेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार