४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा हुन सक्छ-रुस

२४ फाल्गुन २०७८, मंगलवार ०८:१७

फागुन २४, मस्को । रुसले युक्रेनमा आक्रमण गरेको १३ दिन भइसकेको छ। पश्चिमा राष्ट्रले रुसी आक्रमणको निन्दा गर्दै क्रेमलिनमाथि विभिन्न आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द रुसले गरिदिने चेतावनी दिएका हुन्।

उनले भनेका छन्, ‘रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा ल्याउन सक्छ, मूल्य प्रति व्यारेल ३०० डलरभन्दा पनि बढी हुन सक्छ।’

युक्रेनमा आक्रमण गरेका कारण रुसलाई दण्डस्वरुप आफ्ना मित्रहरुसँग मिलेर सम्भावित रुपमा प्रतिबन्ध लगाउने उपायको खोजी अमेरिकाले गरिरहेको छ । तर जर्मनी र नेदरल्यान्डले सोमबार उक्त योजना अस्वीकार गरेका छन्।

ईयूमा उसको आवश्यकताको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आउने गरेको छ र यो आपूर्ति नभएमा यसको विकल्प दिन मुश्किल पर्छ।

एक टिभी सम्बोधनका क्रममा नोभाकले भने, ‘युरोपेली बजारमा रुसी तेललाई तत्काल विस्थापित गर्न असम्भव छ। यसका लागि वर्षौं लाग्छ र युरोपेली उपभोक्ताका लागि अझै व्यापक महँगो पर्न जान्छ। अन्ततः यसको आउटकमबाट नराम्रो आघात पर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता