२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तान आतङ्कवादबाट प्रभावित देशहरूको सूचीमा शीर्ष स्थानमा

२०७८, २४ फाल्गुन मंगलवार ०८:४३

फागुन २४, काठमाडौँ । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै उक्त कुरा जनाएको छ।

देशले २०२१ मा आतङ्कवादबाट  १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । (आईईपी) प्रतिवेदनअनुसार जसले अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

यी पीडितहरू मध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको  सन् २०२१ को आक्रमणमा परेका थिए । दाएसले काबुल अन्तरराष्ट्रिय विमानस्थल नजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा १७० जना मारिएका थिए  भने अन्य थुप्रै घाइते भएका थिए।

 अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला  गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए।

यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से