४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको छ-अमेरिका

२४ फाल्गुन २०७८, मंगलवार ०९:४४

फागुन २४, काठमाडौँ । रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको आरोप अमेरिकाले लगाएको छ । 

शहरी युद्ध (अर्बन वारफेयर) लड्नका लागि कुशल लडाकूहरू रुसले भर्ती गरिरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको दाबी छ । तर पेन्टागनका प्रवक्ता जोन कर्बीले सिरियाली लडाकूहरूको संख्या र क्षमताका बारेमा कुनै जानकारी नरहेको बताए । 

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण नरोक्ने बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले लडाइँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै युद्ध रोकिने बताउनु भएको छ ।

यसैबीच, १२ दिनदेखिको आक्रमणका कारण युक्रेनमा मानवीय सङ्कट गहिरिँदै गएको छ । त्यहाँका नागरिकलाई हातमुख जोड्न नै समस्या भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका नागरिकलाई समेत लक्षित गरी आक्रमण गरिरहेको छ ।

इर्पिन नगरबाट सुरक्षित ठाउँमा भाग्न लागेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता आक्रमणको कहिल्यै क्षमा नदिने बताउनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा