२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको अर्थतन्त्र कमजोर बनाउने उदेश्यले पश्चिमा देशहरूद्वारा रुसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

२०७८, २५ फाल्गुन बुधबार ०५:५८

फागुन २५, काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ। रुस साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले "रुसको अर्थतन्त्रको मुख्य धमनी"लाई नै प्रहार गर्ने बताएका छन्। ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ।यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ।

उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ।

अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो। बाइडनले भने, "हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।"

"यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।"उनले यो कदम "देशभित्र असर पर्ने" मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए।

उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्।तर उनले भने "यसले के गर्छ भने रुसमाथि दबावमा थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।"

अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ। तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।

युरोपेली आयोगले "सन् २०३० भन्दा पहिले" रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।

अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ। तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार