२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको राजधानी किएभमा आक्रमण गर्न रुसी सेना तयार, लगभग सुरक्षित पारिसक्यो अन्य क्षेत्र

२०७८, २५ फाल्गुन बुधबार ०७:०५

फागुन २५, काठमाडौँ । युक्रेनमा रुसी सैनिकहरूको कारवाहीका विषयका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ । 

रुसले सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ । लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ । पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी पहुँचलाई रुसले काटिसकेको छ । लुहान्स्क बाहिर र डोनबास क्षेत्रमा युक्रेनी बलहरूलाई रुसी सेनाले घेराबन्दी गरिसकेको छ ।राजधानी किएभको उत्तरपूर्वी भागमा रुसी सेनाले दुईवटा पकेट एरिया तयार पारेको छ । त्यस्ता चारवटा पकेट एरिया बनाउन रुस तयार देखिन्छ । 

रुस युक्रेनको पश्चिमी भागमा अघि नबढेको भए पनि अहिलेको सैन्य कारवाही हेर्दा युक्रेनी सेनाको अधिकांश इकाइलाई रुसले बेकामे बनाउन सक्ने देखिन्छ । युक्रेनीहरू पश्चिमतर्फ भाग्न नसक्ने गरी घेराबन्दी भइरहेको छ । पश्चिमका सञ्चारमाध्यमहरूमा युक्रेनी सेनाको लाइन कहाँ छ भनी खुलाउने गरिएको छैन । तर डोनेत्स्कमा उनीहरू ठूलो संख्यामा छन् । अनि खार्किभ र किएभमा पनि युक्रेनी सैनिकहरूको विशाल तैनाथी छ । 

महत्त्वपूर्ण शहरहरूमा प्रतिरक्षालाई जोड दिने युक्रेनको रक्षात्मक रणनीति देखिन्छ । त्यसो गर्दा रुसी सेनाको अग्रगमनलाई रोक्न सकिन्छ । यससँगै युक्रेनले रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र युक्रेनलाई थप समर्थनको अपील पनि गरिरहेको छ ।युक्रेनको यस रणनीतिले प्रचारबाजीको क्षेत्रमा रुसलाई पछि पारेको छ । यसले गर्दा महत्त्वपूर्ण क्षेत्रहरूमा रुसलाई अघि बढ्न समेत ढिलाइ भइरहेको छ । तर पश्चिमले रुसलाई दबाबमार्फत रोक्न सक्छ भन्ने झूटो विश्वास पाल्नु युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको कमजोरी हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से