४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको राजधानी किएभमा आक्रमण गर्न रुसी सेना तयार, लगभग सुरक्षित पारिसक्यो अन्य क्षेत्र

२५ फाल्गुन २०७८, बुधबार ०७:०५

फागुन २५, काठमाडौँ । युक्रेनमा रुसी सैनिकहरूको कारवाहीका विषयका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ । 

रुसले सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ । लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ । पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी पहुँचलाई रुसले काटिसकेको छ । लुहान्स्क बाहिर र डोनबास क्षेत्रमा युक्रेनी बलहरूलाई रुसी सेनाले घेराबन्दी गरिसकेको छ ।राजधानी किएभको उत्तरपूर्वी भागमा रुसी सेनाले दुईवटा पकेट एरिया तयार पारेको छ । त्यस्ता चारवटा पकेट एरिया बनाउन रुस तयार देखिन्छ । 

रुस युक्रेनको पश्चिमी भागमा अघि नबढेको भए पनि अहिलेको सैन्य कारवाही हेर्दा युक्रेनी सेनाको अधिकांश इकाइलाई रुसले बेकामे बनाउन सक्ने देखिन्छ । युक्रेनीहरू पश्चिमतर्फ भाग्न नसक्ने गरी घेराबन्दी भइरहेको छ । पश्चिमका सञ्चारमाध्यमहरूमा युक्रेनी सेनाको लाइन कहाँ छ भनी खुलाउने गरिएको छैन । तर डोनेत्स्कमा उनीहरू ठूलो संख्यामा छन् । अनि खार्किभ र किएभमा पनि युक्रेनी सैनिकहरूको विशाल तैनाथी छ । 

महत्त्वपूर्ण शहरहरूमा प्रतिरक्षालाई जोड दिने युक्रेनको रक्षात्मक रणनीति देखिन्छ । त्यसो गर्दा रुसी सेनाको अग्रगमनलाई रोक्न सकिन्छ । यससँगै युक्रेनले रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र युक्रेनलाई थप समर्थनको अपील पनि गरिरहेको छ ।युक्रेनको यस रणनीतिले प्रचारबाजीको क्षेत्रमा रुसलाई पछि पारेको छ । यसले गर्दा महत्त्वपूर्ण क्षेत्रहरूमा रुसलाई अघि बढ्न समेत ढिलाइ भइरहेको छ । तर पश्चिमले रुसलाई दबाबमार्फत रोक्न सक्छ भन्ने झूटो विश्वास पाल्नु युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको कमजोरी हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा