४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनलाई चुनौती दिँदै युक्रेनका राष्ट्रपति- म डराएको छैन, लुकेको छैन

२६ फाल्गुन २०७८, बिहीबार ०६:०१

फागुन २६, काठमाडौँ । शक्तिशाली देश रूसले युक्रेनमाथि आक्रमण गरेको आज पन्ध्रौ दिन भयो। युक्रेन रूससँग युद्धको सामना गरिरहेको छ। यसैबीचयुक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् । 

सामाजिक संजालमा यसबारे पोस्ट गर्दै उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।”

बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालयहरु भएको ठाउँ हो । यसमा उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडक पारि देखाइरहेको थियो । 

यसका साथै उनले रुसलाई अहिले नै नरोक्ने हो भने नेटोका अन्य सदस्य राष्ट्रहरुको पनि यस्तै हालत हुने चेतावनी समेत दिएका छन् । 

एबीसी न्युजसँग बोल्दै उनले भनेका, “पहिलो शिकार हामी भयौँ अब दोस्रो तपाईँहरु जोकोही पनि हुन सक्नुहुन्छ । किनकी राक्षसले जति धेरै खायो उसलाई झन् झन् बढी चाहिनेछ । ”

यसरी युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्याको प्रयासबाट बचेका जेलेन्स्कीले अझै पनि किभ नछाड्ने अडान कायम राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता