४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

२६ फाल्गुन २०७८, बिहीबार ०७:११

फागुन २६, काठमाडौँ । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको  भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए।

"क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको " ,अमेरिकी विदेश मन्त्रालयले  बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले "यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्।" भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा