४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

३० फाल्गुन २०७८, सोमबार ०५:२४

फागुन ३०, काठमाडौँ । रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।

भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरु यसअघि नै आइसकेका छन् ।

मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’

‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन् । सुलिभानले यसै साता चिनियाँ समकक्षीसँग भेट गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता