४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी शरणार्थीलाई आश्रय नागरिकलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने

३० फाल्गुन २०७८, सोमबार ०७:४६

फागुन ३०, काठमाडौँ । युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ । बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ ।

यो योजना अनुसार बेलायतका नागरिकले एक युक्रेनी व्यक्ति वा परिवारलाई आफ्नो घरमा सित्तैमा बस्न दिन वा अलग्गै सम्पत्ति उपभोग गर्न दिन सक्नेछ ।आफूहरुको यो योजनाबाट हजारौं शरणार्थीहरु लाभान्वित हुने मन्त्री गोभको विश्वास छ । उनका अनुसार यो योजनामा स्थानीय परिषदलाई प्रतिव्यक्ति १० हजार पाउण्ड अनुदान दिइने छ, ताकि रुस-युक्रेन संघर्षको कारण शरणार्थी बनेकाहरुको अतिरिक्त आवश्यकता पूरा गर्न सकियोस् ।

उनले भनेका छन्, ‘हाम्रो देशमा आउने प्रत्येक व्यक्तिका लागि स्थानीय अधिकारीहरुलाई प्रतिव्यक्ति १० हजार पाउण्डभन्दा बढी उपलब्ध गराइने छ ।’

रुसले आक्रमण गरेपछि देश छोड्न बाध्य भएका युक्रेनका नागरिकहरुलाई आवास दिन इच्छुकहरुको सूची दर्ताका लागि सोमबारदेखि एक अनलाइन लन्च गर्ने तयारीसमेत गरेको मन्त्री गोभले बीबीसीको सण्डे मोर्निङ कार्यक्रममा भनेका छन् ।युक्रेनी शरणार्थीहरुलाई रोजगारी दिन सेन्सबरी, मार्क्स एण्ड स्पेन्सर, मोरिसन्स लगायत बेलायतका कम्पनीहरुले इच्छा देखाएको पनि बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता