८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले दण्ड दिने

३० फाल्गुन २०७८, सोमबार १०:०८

फागुन ३०, न्युयोर्क । एजेन्सी | अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।

भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ ।

चीनले रुसलाई निरन्तर सहयोग गरेमा उसलाई विश्वव्यापी रुपमा एक्ल्याउने सुलिभानले चेतावनी दिने एक अमेरिकी अधिकारीलाई हवला दिँदै सो समाचार संस्थाले जनाएको हो । 

अमेरिका र अन्य देशका अधिकारीहरूले पछिल्ला सातामा चीनलाई स्पष्ट पार्न खोजेका छन् कि रुसको पक्षमा रहँदा उसले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनु पर्नेछ । 

यसअघि अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोले रसिया निर्यातमा अमेरिकी प्रतिबन्धको उल्लंघन गर्ने चिनियाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने अमेरिकी उपकरण र सफ्टवेयरबाट काट्न सक्ने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?