४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्च संक्रमण वृद्धिपछि चीनमा धेरै क्षेत्रमा लकडाउन जारी, अधिकांश व्यवसाय बन्द

१ चैत्र २०७८, मंगलवार ११:१९

चैत १, काठमाडौँ । हालसम्मकै उच्च संक्रमण वृद्धिपछि चीनले धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर सेन्जेनका एक करोड बढी मानिस लकडाउनमा बस्नुपर्ने भएको छ ।

सोही कारण थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूको सञ्चालन पनि यति बेला अवरुद्ध भएको छ । टोयोटा, भोक्सवागन, एप्पलको आपूर्तिकर्ता फक्सकर्नलगायत व्यवसाय यसबाट प्रभावित हुँदा विश्वव्यापी आपूर्तिमा असर पुर्‍याउनेबारे चिन्ता व्यक्त गरिएको छ ।

मंगलबार चीनको जिलिनमा मात्र पाँच हजारभन्दा बढी नयाँ संक्रमित फेलापरेका थिए ।

त्यस्तै, उत्तरपूर्वी प्रान्तका पूरै दुई करोड ४० जनसंख्यालाई पनि सोमबारदेखि क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । चीनले एउटा पूरै प्रान्तमा यस किसिमको कडा मापदण्ड अपनाएको यो पहिलोपटक हो । सन् २०१९ मा महामारी सुरु हुँदा हुबेई र वुहानमा मात्र यो स्तरको कडाइ गरिएको थियो ।

जिलिनका वासिन्दाहरूलाई कतै पनि हिँडडुल गर्न दिइएको छैन भने सो क्षेत्रबाट बाहिर जान चाहेमा उनीहरूले प्रहरीबाट अनुमति लिनुपर्ने हुन्छ ।

यसअघि, सेन्जेनका एक करोड २५ लाख नागरिकलाई पनि पाँच दिनका लागि पूर्ण लकडाउनमा राखिएको थियो । जहाँ बस, रेललगायत सम्पूर्ण सार्वजानिक यातायातको सञ्चालनमा समेत रोक लगाइएको छ ।

मंगलबार राजधानी बेइजिङसँग सिमाना पर्ने लाङफाङ सहरसहित दोगुआनमा पनि आपत्कालीन लकडाउन जारी गरिएको छ । यसले धेरै व्यवसायहरू प्रभावित भएका छन् । त्यहाँका कर्मचारीहरूलाई या त घरबाट काम गर्न या कार्यालय नै बन्द गर्न भनिएको छ ।

एप्पल कम्पनीका लागि आइफोन निर्माण गर्ने फक्सकनले पनि सोमबारदेखि उत्पादनको काम बन्द गराएको छ र स्थानीय सरकारको सुझावमा मात्र पुनः सञ्चालन हुने जनाएको छ ।

शून्य कोभिड नीतिअन्र्तगत चीनमा संक्रमण संख्या एकदम कम रहँदै आएको थियो । सरकारले ठूलो स्तरमा परीक्षण, यात्रा प्रतिबन्ध, लकडाउनजस्ता कडा उपाय अपनाएर स्थानीय फैलावट नियन्त्रण गर्दै आएको थियो ।

तर, ओमिक्रोनको नयाँ अधिक संक्रामक सब भेरियेन्टलाई नियन्त्रण गर्न चीनलाई चुनौतीपूर्ण साबित भइरहेको छ । यसअघि, संक्रमक रोग विशेषज्ञ जाङ वेनहोङले हालको संक्रमण अवस्था पछिल्लो दुई वर्षकै सबैभन्दा कठिन समय भएको उल्लेख गरेका थिए । बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता