१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सिमा नाका खुल्ला

२ चैत्र २०७८, बुधबार ०९:०३

चैत २, काठमाडौँ । न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ । 

कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । 

त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् ।

अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । 

स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ । 

न्युजिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो ।

“कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई बर्ष आगाडि सवैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सिमा नाका बन्द गर्ने निर्णय पनि एक हो,” उहाँले भन्नुभयो ।

उहाँले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी