राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसविरुद्धको नाकाबन्दीले विकासोन्मुख मुलुकलाई असर प-यो – चिन

२०७८, ४ चैत्र शुक्रबार ०८:२६

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले पश्चिमा राष्ट्रले रुसविरुद्ध घोषणा गरेको नाकाबन्दीको असर विकासोन्मुख मुलुकले भोग्नु परेको बताएका छन् । 

राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु गल्ती भएको बताएका हुन् । सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती भएको भन्दै उनले प्रतिबन्धबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेको बताएका छन् । 

बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउने भन्दै जुनले पश्चिमा राष्ट्रले एकपछि अर्को नाकाबन्दी थप्दा खाद्यान्न र ऊर्जा सङ्कट बढ्ने र विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा समस्या हुने बताएका हुन् । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रुसविरुद्ध कडा नीति लिँदै नाकाबन्दी कडाई गर्दै लगेका छन् । 

चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको उनको भनाई छ । जुनले भने, ‘सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ।’

यता पश्चिमा गठवन्धनको नेतृत्व गर्दै आएको अमेरिकाले रुसमा हतियार आपूर्ति गर्नसक्ने आशंका व्यक्ति गर्दै अप्रत्यक्षरुपमा त्यस्तो नगर्न चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से