राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसविरुद्धको नाकाबन्दीले विकासोन्मुख मुलुकलाई असर प-यो – चिन

४ चैत्र २०७८, शुक्रबार ०८:२६

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले पश्चिमा राष्ट्रले रुसविरुद्ध घोषणा गरेको नाकाबन्दीको असर विकासोन्मुख मुलुकले भोग्नु परेको बताएका छन् । 

राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु गल्ती भएको बताएका हुन् । सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती भएको भन्दै उनले प्रतिबन्धबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेको बताएका छन् । 

बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउने भन्दै जुनले पश्चिमा राष्ट्रले एकपछि अर्को नाकाबन्दी थप्दा खाद्यान्न र ऊर्जा सङ्कट बढ्ने र विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा समस्या हुने बताएका हुन् । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रुसविरुद्ध कडा नीति लिँदै नाकाबन्दी कडाई गर्दै लगेका छन् । 

चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको उनको भनाई छ । जुनले भने, ‘सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ।’

यता पश्चिमा गठवन्धनको नेतृत्व गर्दै आएको अमेरिकाले रुसमा हतियार आपूर्ति गर्नसक्ने आशंका व्यक्ति गर्दै अप्रत्यक्षरुपमा त्यस्तो नगर्न चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता