जोनसनले बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जोनसनले बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिने प्रस्ताव

६ चैत्र २०७८, आईतवार ०५:५५

चैत ६, काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ।

जोनसनले बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक "निक्कै आकर्षक व्यक्तित्व  भएको र  प्रेरणाको स्रोत पनि साबित भएको बताउनु भएको छ। 

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेको छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उहाँको प्रशंसा गर्छु ।"

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि  गत फेब्रुअरी  २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

रुसले भने कि यसको विशेष अपरेशनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र "डिनाजिफाइ" गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरीएको छ – नागरिक जनसंख्या खतरामा छैन। मस्कोले बारम्बार जोड दिँदै आएको छ कि उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, "जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।"

रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू र संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता