यी सबैलाई फेब्रुअरी महिनामै "/>
चैत ६, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो हत्या हुने डरले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन्। उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् ।
यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ । पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।
क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइने गरिन्थ्यो । पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सी नभालनीलाई २०२० को अगस्टमा नोभिचिक दिइएको थियो । तर उपचार पाएकाले उनको जीवन बच्न सफल भएको थियो । हाल उनी रुसको एक जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
अमेरिकी सांसदले व्यक्त गरे आशंका
अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिन्डसे ग्राहमले यसै महिनाको सुरुवातमा पुटिनको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । युद्ध समाप्त पार्ने एकमात्र तरिका भनेको कसैले उनको हत्या गरिदिनुपर्ने उनले बताएका थिए