४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति : टर्की

७ चैत्र २०७८, सोमबार ०६:४५

चैत ७, काठमाडौँ । रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिनुभएको हो ।

यसअघि पनि यी दुई देशबीच विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस सहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरु आकासबाट गरिएका बमबारीले ध्वस्त भएका छन् ।यसैले पहिला युद्धविराम गरी त्यसपछि मात्र वार्ताको टेबलमा बस्नुपर्ने युक्रेनले बताएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको छ ।

दुई देशको वार्ताका लागि टर्कीले मध्यस्थताको पहल गरिरहेको जनाएको छ । तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता