नयाँदिल्लीबाट कतारको दोहा उडेको जहाज पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण

Posted on: 21 Mar, 2022

चैत ७, काठमाडौँ । एजेन्सी। भारतको राजधानी नयाँदिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।

द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्लीबाट उडेको थियो। बिहान ७ बजेतिर आपतकाल घोषणा गरेर उक्त जहाज कराँची डाइभर्ट भएको थियो।

जहाजको कार्गो होल्डमा धुँवा निस्किएपछि जहाज डाइभर्ट गर्नुपरेको कतार एयरवेजले जनाएको छ।

जहाज कराँची विमानस्थलमा अवतरण हुँदा आपतकालीन उद्धारको सबै तयारी भइसकेको थियो।

सबै यात्रुहरूलाई सकुशल जहाजबाट निकालियो। घटनाबारे अनुसन्धान भइरहेको कतार एयरवेजले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!