४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह र धर्म परिवर्तन गर्न नमान्दा एक हिन्दु युवतीको गोली हानी हत्या

८ चैत्र २०७८, मंगलवार ११:००

चैत ८, काठमाडौँ । पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार एक हिन्दु युवतीको गोली हानी हत्या गरिएको छ । जानकारी अनुसार सुक्कर जिल्लामा बालिकाले अपहरणको विरोध गरेपछि अपहरणकारीले उनको टाउकोमा गोली हानेका हुन् । बालिकाको नाम पूजा कुमारी ओडे हो, उनको उमेर १८ वर्ष छ । जबरजस्ती धर्म परिवर्तन र अपहरणको असफल प्रयासपछि उनको हत्या भएको थियो।

सुक्कर जिल्ला एसपीले पूजाको हत्याका मुख्य अभियुक्त वाहिद बक्श लासारीलाई पक्राउ गरिएको बताए । लसरीबाट हतियार पनि प्रहरीले बरामद गरेको छ । आरोपी वाहिद बक्सले पूजालाई अपहरण गरेर उनीसँग विवाह गर्न चाहेको एसपीले बताए ।

पूजाका बुबाले इन्डिपेन्डेन्ट उर्दूलाई भने कि सिन्धमा हिन्दू केटीहरूलाई अपहरण र जबरजस्ती धर्म परिवर्तनका धेरै घटनाहरू छन्, तर यी घटनाहरूमा हिन्दू केटीहरूले स्वेच्छाले इस्लाम धर्म परिवर्तन गरेको बताइएको छ। मेरी छोरीले विवाह र धर्म परिवर्तन गर्न अस्वीकार गरेपछि उनको हत्या भयो।

पूजाका बुवाले भने ‘आरोपितले विगत केही महिनादेखि मेरी छोरीलाई दुव्र्यवहार गर्दै आएका थिए । उनी पटक–पटक जबरजस्ती घरभित्र पसे । सुक्कर प्रहरीसँग पनि सुरक्षा मागेँ तर प्रहरीले सुरक्षा दिएन ।’ घटनापछि आफन्तले शव राष्ट्रिय राजमार्गमा राखेर विरोध समेत गरेका थिए । जसका कारण करिब २ घण्टा राजमार्ग जाम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता