विदेश मन्त्री एन्टोनी ब्लिनकेनले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विदेश मन्त्री एन्टोनी ब्लिनकेनले"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

८ चैत्र २०७८, मंगलवार ११:३६

चैत ८, काठमाडौँ । चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप लगाएका छन् । चीनले असन्तुष्टहरु र मानव अधिकार रक्षकहरूलाई दबाएको र हतोत्साहित पारेको उनको भनाइ छ ।

‘मानवअधिकारको दुरुपयोग गर्नेले यसको नतिजा भोग्नुपर्ने छ,’ उनले थपे ।

जनजाति र अलपसङ्ख्यकको यस्तो अवस्था आउन नदिनका लागि चीनले गरेको प्रयास अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी प्रतिबन्धले ती व्यक्तिहरूलाई लक्षित गरेको छ, जो यी समुदाय, अभियन्ता र नागरिक समाजको नीति र कदमहरू उठाउन जिम्मेवार छन् । ‘हामी विश्वभरि मानव अधिकारको रक्षा गर्न प्रतिबद्ध छौँ,’ उनले थपे ।

बेइजिङले उइगरलाई अमेरिकी जनताकातर्फबाट गरिने सहयोग अस्वीकार गरेको आरोप पनि उनले लगाएका छन् । चीनले उनीहरूको परिवारलाई देशबाट बाहिर जानबाट समेत रोकेको आरोप ब्लिनकेनको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तापछि बाइडेनले चीनले यदि रुस विरुद्धको प्रतिबन्ध अस्वीकार गरेमा नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिँदै मस्कोविरुद्ध अमेरिकी नेतृत्वमा आबद्ध हुन आग्रह गरेका छन् । यसको प्रतिक्रियामा बेइजिङले पनि चीन एक स्वतन्त्र मुलुक भएको र एकपक्षीय प्रतिबन्धको विरोध गर्नु उसको अधिकार भएको जवाफ फर्काएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता