ग्ल्यामरस डा. भनेरसमेत चिनिने मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ग्ल्यामरस डा. भनेरसमेत चिनिने मा"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी राष्ट्रपतिकी छोरी मारियाको सम्बन्धविच्छेद, डच व्यापारीसँग भएको थियो विवाह

११ चैत्र २०७८, शुक्रबार १२:१३

चैत ११, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया वोरन्तसोवा (३६) को विवाह टुटेको डेली मेललेजानकारी दिएको छ । यो खबर त्यतिबेला आएको हो जब पुटिन युक्रेनसँग युद्धको विषयमा लगातार चर्चामा छाइरहेका छन् ।

ग्ल्यामरस डा. भनेरसमेत चिनिने मारिया, रसियाली राष्ट्रपति जासुसको रुपमा काम गरिरहेका बेला जन्मिएकी थिइन् । उनी बालबालिकामा हुने दुर्लभ आनुवंशिक रोगकी विशेषज्ञ हुन् ।

जानकारीका अनुसार मारियाले आफ्ना डच व्यापारी श्रीमानसँग सम्बन्धविच्छेद भएको छ । यी दुईका दुई सन्तान छन् ।

निर्वासित रुसी खोज पत्रकार सर्गेई कानेभले युक्रेनसँगको युद्धका कारण पुटिनले ‘आफ्नी जेठी छोरीको लागि असाध्यै खराब काम गरे’ भनेका छन् ।

उनले खुलासा गर्दै भने, ‘सेन्ट पीटर्सबर्ग नजिकैको अत्याधुनिक मेडिकल सेन्टर निर्माणको मेगा–प्रोजेक्टमा उनको अत्यधिक सेयर छ ।’

‘उक्त योजनाको उद्देश्य भनेको युरोप र पर्सियन गल्फ देशका धनाढ्य शिखलाई आकर्षित गर्नु थियो र अहिले, युक्रेनमाथिको आक्रमणपश्चात् कस्ता खालका युरोपियन र सिख आउलान् त ?’

क्रेमलिनमा हुने गरेको भ्रष्टाचार सम्बन्धि सामग्री प्रकाशन गरेपछि प्रतिबन्धित भएको द इन्साइडरका निर्वासित सम्पादक रोमन दोब्रोखोतोभले पनि आफ्नो सोसल मिडियामा पुटिनकी छोरी आफ्ना डच व्यापारी श्रीमान् जोरिट फासेनसँग छुट्टिइसकेको जानकारी दिए ।

उनले यी दुईको कहिले सम्बन्धविच्छेद भयो भनेर थप जानकारी भने दिएनन् । यद्यपि, युद्ध सुरु हुन अघि यी दुई छुट्टिएको बताइन्छ ।पुटिनले कहिल्यै पनि आफ्ना सन्तान र उनीहरुको नीजि जीवनबारे कुनै पनि जानकारी सार्वजनिक गर्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता