पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको हवाई दुर्घटना

Posted on: 27 Mar, 2022

आज २७ मार्च । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः 

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति

सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो । फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो । सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । 

बर्लुस्कोनी इटालीको सत्तामा

सन् १९९४  सिल्भियो बर्लुस्कोनी इटालीको शक्तिमा पुगेका थिए । २० वर्ष लामो राजनीतिमा बर्लुस्कोनी देशमा नीति तथा राम्रा कार्यभन्दा पनि विभिन्न स्क्यान्डलका कारण चर्चामा आए । कर ठगी गरेको आरोपमा सन् २०१३ मा उनलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाँय तोकेको थियो ।

५८३ जनाको मृत्यु हुने इतिहासकै डरलाग्दो विमान दुर्घटना

सन् १९७७ मा स्पेनको टेनिराइफमा इतिहासकै खराब हवाई दुर्घटना भएको थियो । दुई ओटा बोइङ धावनमार्गमा ठोकिँदा ५८३ जनाको मृत्यु भएको थियो ।  

पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतिस्पर्धा

सन् १८७१ मा बेलायत र स्कटल्याण्डले पहिलो अन्तर्राष्ट्रिय रग्बी खेलमा प्रतिस्पर्धा गरेका थिए । संघ फुटबलजस्तै, रग्बी एक ब्रिटिश आविष्कार हो । आज, यो मुख्यतया ब्रिटिश राष्ट्रमंडल को ठूलो भाग मा एक लोकप्रिय खेल हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!