४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ, हामीलाई सहयोग गर्न ढिलो नहोस् – जेलेन्स्की

१३ चैत्र २०७८, आईतवार ०६:२४

चैत १३, काठमाडौं । रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्।

उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्। जेलेन्स्कीले भनेका छन्, ‘रुसी आक्रमणबाट सुरक्षाको मूल्य के हो? त्यसको स्पष्ट जवाफ छ। युक्रेनका लागि युद्धक विमान, ट्यांक, एन्टी मिसाइल सुरक्षा प्रणाली हुन्, त्यसको जवाफ या मूल्य।’

‘हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन्, यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्।

युक्रेनमात्रै नभएर बाल्टिक क्षेत्रका देशहरु नै रुसी आक्रमणको निशानामा आएको उनले बताए। जेलेन्स्कीले भनेका छन्, ‘पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ र यो स्वीकार्य हुनु हुँदैन कसैका लागि पनि।’

पश्चिमा राष्ट्रको सैन्य गठबन्धन नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशतमात्रै भए पुग्ने जेलेन्स्कीले बताएका छन्। उनले भनेका छन्, ‘हामीले धेरै मागेका छैनौँ र माग्ने पनि छैनौँ। हामीले ३१ दिन पर्खिसकेका छौँ।’

युक्रेनले पश्चिमा राष्ट्रसँग लगातार लडाकु विमानको माग गर्दै आएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। जसका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता