४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

१३ चैत्र २०७८, आईतवार १०:५७

चैत १३, काठमाडौं । भारतको छत्तीसगढमा सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।

सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’

ट्वीटरमा यस घटनासँग सम्बन्धित समाचार साझा गर्दै स्वास्थ्यमन्त्रीले लेखेका छन्, ‘यो तस्बिरमा देखिएका दृश्यहरु दुर्भाग्यपूर्ण छन् र सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ ।’ शव देखिएपछि उनलाई पनि अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरेका छन् ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएको जनाएको छ । अस्पताल पुर्‍याउने क्रममा बालिकाको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल पुगेपछि उपचार सुरु गरिएको तर बालिकालाई बचाउन नसकेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।

बालिकाको साँझ करिब ७ः ३० बजे मृत्यु भएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए । बालिकाका लागि शववाहन बोलाइएको थियो । तर साढे ९ बजेसम्म गाडी अस्पताल पुग्दा बालिकाका बुवाले शव लिएर हिँडिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता