२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

२०७८, १३ चैत्र आईतवार १०:५७

चैत १३, काठमाडौं । भारतको छत्तीसगढमा सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।

सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’

ट्वीटरमा यस घटनासँग सम्बन्धित समाचार साझा गर्दै स्वास्थ्यमन्त्रीले लेखेका छन्, ‘यो तस्बिरमा देखिएका दृश्यहरु दुर्भाग्यपूर्ण छन् र सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ ।’ शव देखिएपछि उनलाई पनि अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरेका छन् ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएको जनाएको छ । अस्पताल पुर्‍याउने क्रममा बालिकाको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल पुगेपछि उपचार सुरु गरिएको तर बालिकालाई बचाउन नसकेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।

बालिकाको साँझ करिब ७ः ३० बजे मृत्यु भएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए । बालिकाका लागि शववाहन बोलाइएको थियो । तर साढे ९ बजेसम्म गाडी अस्पताल पुग्दा बालिकाका बुवाले शव लिएर हिँडिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से