४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ- क्यानडा

१३ चैत्र २०७८, आईतवार ११:०९

चैत १३, काठमाडौं । एजेन्सी ।  क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढिरहेको छ ।

क्यानडाका ऊर्जामन्त्रीका अनुसार थुप्रै देश रुसको तेल र ग्यासको विकल्पका लागि मद्दत गर्नका लागि तयार छन् । क्यानडा विश्वको चौथो सबैभन्दा ठूलो तेल उत्पादक देश हो । क्यानडाले आफू अतिरिक्त दुई लाख ब्यारल तेल दिनका लागि प्रतिबद्ध भएको बताएको छ ।प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले बीबीसीसँगको कुराकानीमा क्यानडा एक लाख ब्यारल अतिरिक्त प्राकृतिक ग्यास निर्यात गर्नका लागि तयार भएको बताएका छन् ।

विल्किन्सनले भने, ‘हामीलाई आशा छ कि वर्षको अन्त्यसम्म हामी आफ्नो क्षमतामा तीन लाख ब्यारलसम्म बढाउने छौँ । यद्यपि, रुसमाथि प्रतिबन्धका कारण अर्को महिनादेखि नै तीन लाख ब्यारल तेल र ग्यासको कमी हुनेछ ।’क्यानडाको तेल निर्यातको क्षमता सिमित छ किनभने उसको पाइपलाइनले अहिलेसम्म आफ्नो पूरा क्षमताले काम गरिरहेको छ । यद्यपि, विल्किन्सनका अनुसार अमेरिकामार्फत् तेल पठाउने एउटा विकल्प भने खुला नै छ ।

यस्तै, क्यानडाको सबैभन्दा ठूलो पाइपलाइन कम्पनी एनब्रिजले बीबीसीसँगको कुराकानीमा आफूहरु उत्तरी अमेरिका र युरोपमा ऊर्जा आपूर्ति बढाउनका लागि हर सम्भव कदम उठाउन लागि तयार भएको बताएको छ ।युक्रेनमा युद्धका कारण थुप्रै देशले रुसको ग्यास र तेलमाथि प्रतिबन्ध लगाइदिएको छ । यसैकारण अन्तर्राष्ट्रिय बजारमा तेलको दाम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता