४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपठ्यारोमा पाकस्तिानकी प्रधानमन्त्री इमरान खान

१५ चैत्र २०७८, मंगलवार ०७:०५

चैत १५, इस्लामाबाद । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । 

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पद रहनुहुन्न,’ अविश्वास प्रस्तावमाथि बोल्दै शरीफले भने । विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

३४२ सिट रहेको सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । विपक्षीले केही साताअघि खानविरुद्ध अविश्वासको मत ल्याउने घोषणा गरेपछि राजनीतिक उथलपुथल बढेको छ र सरकार जुन सुकै बेला ढल्न सक्ने खतरा बढेको छ । 

यो खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौती हो । राजनीतिक संकटबीच खानले राजीनामा दिन सक्ने चर्चा बढेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजनीनमा दिन सक्ने अनुमान गरिएको छ ।

यद्यपी, खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुकाे सहयोगमा अविश्वासको प्रस्ताव बिफल पार्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता