४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

१५ चैत्र २०७८, मंगलवार ०७:११

चैत १५, किभ ।  युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन् । 

युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन् । विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन् ।  

युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले सहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता