रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषणा, युक्रेनमा संशय कायम

२०७८, १६ चैत्र बुधबार ०६:३८

चैत १६, मस्को ।  रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । 

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाई आएको हो । 

‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने ।

प्रमुख रुसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’ युक्रेनी पक्षले ‘अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायी रूपमा तटस्थ राज्य’ बन्न तयार रहेको लिखित प्रस्ताव पेस गरेको उनले बताए ।

रुसी वार्ताकारले युक्रेनका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी