२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

२०७८, १७ चैत्र बिहीबार ०५:२३

चैत १७, बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । 

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।

जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो गृह बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित छ ।

सरकारले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ । जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूहअन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

२ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउछ । 

                                            

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से