२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको ‘पूर्व चेतावनी’

२०७८, १७ चैत्र बिहीबार ०६:१५

चैत १७,  बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ । 

तर अहिलेसम्म प्राय: युरोमै ग्यास खरिदबापत भुक्तानी गर्दै आएको युरोपेली संघ (ईयू)ले रुसको माग अस्वीकार गरेको छ ।

त्यसपछि मस्कोले आफ्नो अडानलाई लचिलो पार्दै बुधबार रुवलमा भुक्तानी हुने प्रक्रिया विस्तारै लागु गरिने जनाएको थियो । 

तर अहिले जर्मनीले ग्यासको सम्भावित अभावलाई मध्यनजर राख्दै आफ्ना कम्पनी र उपभोक्ताहरूलाई उपभोग घटाउन आग्रह गरिसकेको छ । जर्मनीले करिव पचास प्रतिशत ग्यास र ३३ प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ । ग्यासको त्यस्तै गम्भीर अभाव आइपरेको स्थितिमा जर्मनीले रासनकोटा अनुसार त्यसको वितरण गर्ने भएको छ । 

जर्मन अर्थमन्त्री रोबर्ट ह्यावेकले ग्यास आपूर्तिलाई केही समयका लागि सुरक्षित गरिएको तर यदि रुससँग यसबारे तनाव बढेमा सर्तकताका उपायहरू अपनाइनेबारे अहिल्यै सोचिएको बताएका छन् ।

यता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबारदेखि रुसले रुवलमा भुक्तानी नमाग्ने स्पष्ट पारेका छन् । युक्रेनमा आक्रमण गरेको कारण रुसमाथि पश्चिम जगतले आर्थिक प्रतिबन्ध लगाएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा पैठारी हुने प्राकृतिक ग्यासको भुक्तानी रुवलमा हुनपर्ने माग गरेका थिए ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से