४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको ‘पूर्व चेतावनी’

१७ चैत्र २०७८, बिहीबार ०६:१५

चैत १७,  बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ । 

तर अहिलेसम्म प्राय: युरोमै ग्यास खरिदबापत भुक्तानी गर्दै आएको युरोपेली संघ (ईयू)ले रुसको माग अस्वीकार गरेको छ ।

त्यसपछि मस्कोले आफ्नो अडानलाई लचिलो पार्दै बुधबार रुवलमा भुक्तानी हुने प्रक्रिया विस्तारै लागु गरिने जनाएको थियो । 

तर अहिले जर्मनीले ग्यासको सम्भावित अभावलाई मध्यनजर राख्दै आफ्ना कम्पनी र उपभोक्ताहरूलाई उपभोग घटाउन आग्रह गरिसकेको छ । जर्मनीले करिव पचास प्रतिशत ग्यास र ३३ प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ । ग्यासको त्यस्तै गम्भीर अभाव आइपरेको स्थितिमा जर्मनीले रासनकोटा अनुसार त्यसको वितरण गर्ने भएको छ । 

जर्मन अर्थमन्त्री रोबर्ट ह्यावेकले ग्यास आपूर्तिलाई केही समयका लागि सुरक्षित गरिएको तर यदि रुससँग यसबारे तनाव बढेमा सर्तकताका उपायहरू अपनाइनेबारे अहिल्यै सोचिएको बताएका छन् ।

यता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबारदेखि रुसले रुवलमा भुक्तानी नमाग्ने स्पष्ट पारेका छन् । युक्रेनमा आक्रमण गरेको कारण रुसमाथि पश्चिम जगतले आर्थिक प्रतिबन्ध लगाएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा पैठारी हुने प्राकृतिक ग्यासको भुक्तानी रुवलमा हुनपर्ने माग गरेका थिए ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता