४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

१७ चैत्र २०७८, बिहीबार ०६:४६

चैत १७, किभ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रुसले ‘नाटकीय भिडियोहरू बनाएर वितरण गरिरहेको’ युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ भालेरी जालुज्नीले दाबी गरेका छन् । 

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले त्यसबारे तत्काल अनुसन्धान हुने बताएका छन् । उनले भने, ‘म हाम्रा सबै सेना, नागरिक र रक्षा बलहरूलाई सम्झाउन चाहन्छु कि युद्ध बन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो । ’ 

युक्रेनमा राष्टसंघको मानव अधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले भिडियोको छानबिन गरिने बताइन् ।

के छ भिडियोमा ?

भिडियोमा कब्जा गरिएका सिपाहीहरू जमिनमा देखिन्छन् । उनीहरूमध्ये धेरैको टाउकोमा झोला छ र घाइते खुट्टाबाट रगत बगिरहेको देखिन्छ । उनीहरू कहिले र कसरी घाइते भए भन्ने प्रष्ट छैन् ।

भिडियोको एउटा अंशमा तीन जना मानिसलाई गाडीबाट बाहिर ल्याइन्छ र एक सिपाहीले हतियारले खुट्टामा गोली हानेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता