१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु

१९ चैत्र २०७८, शनिबार ०४:३७

चैत १९, नयाँ दिल्ली । एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २१ हजार १२९ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । यो कूल संक्रमितको शून्य दशमलब शून्य ३ प्रतिशत हो । त्यस्तै संक्रमणबाट निको हुने दर ९८ दशलब ७५ प्रतिशत छ । दैनिक संक्रमित दर शून्य दशमलब २२ प्रतिशत छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रनका कारण संक्रमणमा बृद्धि भएपछि सरकारले खोप अभियानलाई तीव्र पार्दै आएको छ ।

यसैबीच, चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना दिनहँु बढेका छन् । कोभिडविरुद्ध शून्य सहनशिलताको नीति लिएको चीनमा संक्रमण फैलिएपछि कडाइ गरिएको छ । कोभिडका कारण मुख्य सहरहरुमा लकडाउन घोषणा गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’