४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

२१ चैत्र २०७८, सोमबार ०४:३६

चैत्र २१, इस्लामावाद | विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् । 

प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।

तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताएका थिए । प्रस्तावबारे मतदान हुने कार्यतालिका थियो ।

विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

खानविरुद्धको प्रस्ताव खारेज भएपछि क्रुद्ध भएका विपक्षी सर्वोच्च अदालतमा पुगेका थिए । अदालतले यसबारे आज सुनुवाई गर्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता