४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ दिल्लीका मासु पसल बन्द गरिएपछि आलोचना

२४ चैत्र २०७८, बिहीबार ०३:५२

चैत २४, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश  मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा सथानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द भएका हुन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ । 

चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाहरुका मेयरहरुले बताएका छन् । नवरात्रीमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भारतको बहुलबाद उल्लंघन गरेको धेरैले गुनासो गरेका छन् । 

महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । नौ दिनको चाडको समयमा हिन्दू भक्तजनहरु सामान्यतया उपवास बस्छन् । उनीहरुले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।

नयाँ दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीको सरकार छ । दिल्ली सरकारले मासु पसलहरू बन्द गर्न कुनै आधिकारिक आदेश जारी गरेको छैन । 

११ अप्रिलसम्म पसलहरू बन्द राख्न आह्वान गर्ने मेयरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)  का हुन् । तर उनीहरुको आह्वानको तीब्र आलोचना भइरहेको छ । 

सांसद र तृणमूल कंग्रेस पार्टीका नेता महुआ मोइत्राले भने, ‘संविधानले मलाई मन परेको बेला खाना खान अनुमति दिन्छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता