२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?

२०७८, २४ चैत्र बिहीबार ०४:२९

चैत २४, किभ । एजेन्सी । युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ ।

अमेरिकाले रुसी वित्तीय संस्थाहरुमाथि पनि उत्तिकै कडाइ गरेको छ । 

प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन् ।  अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ ।

रुसी राष्ट्रपतिका छोरीहरु ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन् । त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानाकारी सार्वजनिक हुने गरेको छ । उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ । 

मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो । अर्को वर्ष, कतरिनाको जन्म भएको थियो । कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा  थियो । त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा  केजीबीमा विदेशी गुप्तचर अधिकारीकोरूपमा कार्यरत थिए ।


पुटिनको पुटिनासँग सन्  २०१३ मा सम्बन्ध विच्छेद भएको थियो  ।

मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन् । रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन् । मारिया र उनको डच व्यापारी श्रीमान  जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ । 

अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन । उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन् । उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से